एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताबाट उरुग्वे बाहिरिएको छ ।
शनिबार राति भएको खेलमा पेरुसंग पेनाल्टी सुटआउटमा पराजित हुँदै उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा पेरुले ५-४ गोल गर्यो । निर्धारित समयमा ईडिन्सन काभानी र लुईस स्वारेजको गोलले अफ साईडको मान्यता पाएका थिए ।
स्पेनिस महारथी क्लब बार्सिलोनाका स्टार लुईस स्वारेजको पेनाल्टी प्रहार असफल बन्दा उरुग्वे पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।
१५ पटकको कोपा अमेरिका फुटबल च्याम्पियन उरुग्वे क्वाटरफाईनलमै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।
पेरुले अब सेमिफाईनलमा चिलीसंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ । आयोजक ब्राजिलले अर्जेन्टिनासंग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया