कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी, १० लाख बराबरको क्षति

काठमाडौं । कपिलवस्तुको जिल्ला मालपोत कार्यालयमा विद्युत सर्ट भइ आलगागी भएको छ ।

कपिलवस्तु नगरपालिका वडानम्बर १ तौलिहवास्थित जिल्ला मालपोत कार्यालयको माथिल्लो तल्लामा आगलागी भएको हो ।

कार्यालय प्रमुखको कार्यकक्षमा विद्युत सर्ट भइ भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचरहरु जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?