काठमाडौं । धादिङमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किंदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया