भक्तपुरमा एक महिलाको घाँटी रेटी हत्या

appharu
0
Shares

काठमाडौं । भक्तपुरको खरिपाटीमा आइतबार दिउँसो एक महिलाको घाँटी रेटेर हत्या भएको छ ।

मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

भक्तपुर प्रहरीका अनुसार घटनामा संलग्न युवाको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?