काठमाण्डौं । नेपाली लोक संगीतको क्षेत्रमा सर्वाधिक पुरस्कार राशिको रियालिटी शो ‘नेपाल लोक स्टार’ प्रसारणमा आएको छ ।
प्रतिभाको पहिचानको लागि सातै प्रदेशमा अडिसन भएको रियालिटी शो असार १२ गते बिहिवारबाट प्रशारणमा आएको हो । रियालिटी शोमा बरिष्ठ गायक जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बीबी अनुरागी निर्णायकको भूमिकामा रहेका छन् ।
‘नेपाल लोक स्टार’ हप्तामा २ दिन बिहिवार र शुक्रबार राति ८ः३० बजे टेलिभिजन च्यानल एपि वान एच डि बाट प्रशारणमा छ ।
पहिलो हुने लोक स्टारले रुपैयाँ ५० लाख नगद जित्नेछन् भने दोस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै प्रतिस्पर्धामा तेस्रो हुनेलाई १० लाख नगद दिने आयोजक चाहना मिडियाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया