एजेन्सी । मानिसको चाहना र रोजाइ फरक–फरक हुन्छ । मानिसहरुको इच्छा अनगिन्ति हुने गर्दछ । भने यस्ता इच्छाहरुलाई कमैले मात्र पूरा गर्न सक्छन् भने कसैले सक्दैन । त्यस्तै एक जोडीले अन्टार्कटिकामा विहे गरेर रेकर्ड राखेका छन् टम सिल्भेस्टर र जूली बम ध्रबीय क्षेत्रमा गाइडको काम गर्छन् । उनीहरुले अन्टार्कटिकाको पश्चिमी भागमा रहेको एडिलेड टापुस्थित रोदेरा रिर्चर्स स्टेशनमा विहे गरेर अन्टार्कटिकामा विहे गर्ने पहिलो जोडी बनेका हुन् अन्टार्कटिकास्थित बेलायत अधिनस्थ ब्रिटिस आर्कटिक टेरिटोरीमा विहे गर्ने बेहुली जूली बमको विहेको पहिरन पुरानो पालबाट बनाइएको थियो । उनीहरुको इन्गेजमेन्छ ३ वर्ष अघि नै भइसकेको थियो उनीहरु ११ वर्षदेखि सँथै काम गर्दै आइरहेका छन् । उनीहरुले संसारको धेरैजसो देशहरु घुमीसकेका छन् । बेहुलाको भनाइ अनुसार ‘विहेका लागि अन्टार्कटिकाभन्दा सुन्दर ठाउँ दुनियाँमा अन्त कही पनि छैन ।’विहेको समयमा विहेस्थलको तापमान शून्य डिग्रीभन्दा पनि तल थियो । विहे स्टेशनमा कार्यरत २० जना पाहुना सहभागी भएका थिए टम सिल्भेस्टर र जूली बम पर्वत आरोहण गर्न सफल र ब्रिटिस अन्टार्कटिका सर्भेमा काम गर्नेका लागि छनोट भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया