प्रस्तावित ४ राजदूतको सुनुवाइ आज हुने

appharu
0
Shares


प्रस्तावित चार राजदूतहरुको सुनुवाइ आज हुनेछ ।

गत जेठ २३ गते सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेमा आज सुनुवाइका लागि बिहान साढे ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

तस्वीर गूगलबाट

समितिले नाम अनुमोदन गरेपछि नियुक्तिको बाटो खुल्नेछ ।

राजदूतहरुविरुद्ध दुईवटा मात्रै उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?