पेरुलाई हराउँदै ब्राजिलले चुम्यो कोपा अमेरिकाको उपाधि

appharu
0
Shares

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि ब्राजिलले जितेको छ ।

आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचालेको हो । ४४ बर्षपछि फाईनलमा पुगेको पेरुले उपाधि जित्नभने सकेन ।

खेलको १५ औ मिनेटमा सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पाओलो गुरेरोले ४४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए ।

ब्राजिली डिफेन्डर थिएगो शिल्भाले ट्याकल गर्ने समय बलले उनको हातलाइ छोएपछि पेरुले पेनाल्टीको अवसर पाएको थियो ।

पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को स्थितीमा पुर्याएका थिए । डिबक्सभित्र खाली रहेका जिससले सहजै गर्न सफल रहेका थिए ।

७० औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । तर खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए ।

ब्राजिलले नवौ पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?