उपत्यकामा बाढीको खतरा ! यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

appharu
0
Shares

काठमाडौं । देशको प्रमुख तथा अन्य साना नदीहरूमा वहाव सामान्य रहने भएतापनि भोलिसम्म काठमाडौँ उपत्यकामा बाढीको खतरा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तीन दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले वाग्मती नदीको जलाधार क्षेत्रमा समेत वहाव बढ्ने र काठमाडौ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाएको हो।

आज देशैभरी मनसुन थप सक्रिय हुने र आगामी तीन दिन प्रमुख नदीहरु कोशी, गण्डकी र कर्णालीमा वहाव सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ ।

शनिबार अपराह्नबाट परेको अविरल वर्षाले काठमाडौँमा नदी तथा खोलाहरुमा पानीको सतह बढेकाले अधिकांश खोलाहरू बाग्मती, विष्णुमति, धोविखोला, टुकुचा लगायतमा पानीको सतह निकै माथि पुगेको थियो ।

कतिपय क्षेत्रमा खोला भरिएर आसपासका क्षेत्र समेत डुबानमा परेका थिए। अहिले ति क्षेत्रका अवस्था सामान्य रहेको जनाइएको छ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको तीन दिनको मौसम पूर्वानुमान:-

असार २२ गते (आईतवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ। देशका बांकी भू-भागहरूमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरू, मध्य-पश्चिमी तराईका एक-दुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ।

असार २३ गते (सोमवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा र पूर्वि नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

असार २४ गते (मंगलवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?