६२ वर्षको उमेरमा तेस्रो पटक बिहे गर्दैछन् कांग्रेस नेता, यी हुन् दुलही

appharu
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । कार्कीले ६२ वर्षको उमेरमा उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् । यद्यपि बधुको नाम भने खुलेको छैन ।

तस्बिर गुगलबाट

आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो सम्पन्न भएको छ । बिहेको मिति भने सार्वजनिक गरिएको छैन । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् ।

भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । विगतमा अर्थ र जलस्रोत मन्त्री बनेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए । कार्की सुनसरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?