लचिलो हुने नाममा जनस्वास्थ्यमाथि खेलबाड गर्दै सरकार, औषधिको एक्स्पायर्ड डेटमा समेत छुट !

appharu
0
Shares
तस्बिर गुगलबाट

काठमाडौं । भारतबाट नेपालमा भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षणलाई छुट दिएकै कारण सर्बत्र विरोध भैरहेको बेला सरकारले नेपालमा आयात हुने वस्तुको उपभोग अवधि (एक्स्पायर्ड डेट) मा समेत खकुलो नीति ल्याएको छ ।

गत जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत निकासी पैठारी आदेशमा नेपालमा आयात हुने वस्तुहरुमा भन्सार बिन्दुमा आइपुग्दासम्म ७५ प्रतिशत ‘उपभोग अवधि’ रहनुपर्ने भनिएको थियो ।

तर, गत विहीबारको मन्त्रिपरिषदले बैठकले जेठ १० मा आफैंले गरेको निर्णयलाई सच्याउँदै ६० प्रतिशत मात्रै ‘एक्स्पायर्ड डेट’ भएका सामानलाई आयात गर्न दिइने गरी खुकुलो नीति लिएको छ । यसरी छुट दिइएको सामानमा औषधिसमेत पर्छ ।

वाणिज्य मन्त्रालयले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि सोहीअनुसार ७५ प्रतिशत ‘एक्स्पायर्ड डेट’ बाँकी रहेका वस्तुलाई मात्रै नेपाल प्रवेश गराउन थालिएको थियो ।

तर क्याबिनेटको नयाँ संशोधनसहितको निकासी पैठारी आदेशमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरिएको थियो ।

तरकारी र फलफूलसम्न्धी निर्णयसँगै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको प्रस्तावमा आयात हुने वस्तुहरुको ‘एक्स्पायर्ड डेट’ समेत घटाएर ७५ प्रतिशतबाट ६० प्रतिशतमा झारिएको हो ।

क्याबिनेटले असार २ गतेको नयाँ आदेश लागू हुनुपूर्व नै प्रतीतपत्र र बैंकिङ प्रक्रिया पूरा गरी आयात प्रक्रियामा रहेका वस्तुमाथिको प्रतिबन्धसमेत हटाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?