सिरिन्ज आक्रमणको आशंकामा काभ्रेबाट एकजना पक्राउ

appharu
0
Shares
तस्विर: गुगलबाट

काठमाडौं । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका खगेन्द्र प्रसाद पाठक रहेका छन् ।

उनलाई बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

उनी लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए । काभ्रेमा दुई साताअघि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

सिरिन्ज आक्राणमा उनको संलग्नता रहेको भन्दै स्थानीयले दिएको सूचनामा आधारमा उनी पक्राउ परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?