काठमाडौं । अष्ट्रेलियाको ब्रेसबेनमा बाजी जित्नका लागि माउसुली खाएपछि एकजना व्यक्तिको मृत्यु भएको छ ।
३४ वर्षका डेभिड डुभेलले माउसुली खान सक्छु भनेर साथीहरुसँग बाजी थापेका थिए । सोही बाजी जित्नका लागि उनले माउसुली खाए ।
माउसुली खाएसँगै उनको पेटमा फित्ते जुकाको संक्रमण भयो र त्यसको १० दिनपछि उनको मृत्यु भयो ।
माउसुली खाएको अर्को दिनबाट नै बिरामी परेसँगै उनले घरपरिवारसँग आफूले छेपारो खाएको कुरा बताएका थिए ।
संक्रमणका कारण उनले हरियो पित्त बान्ता गर्न थालेका थिए भने उनका अण्डकोष सुन्निएर भोगटेजत्रै भएका थिए । अण्डकोषबाट पानी चुहिंदा त्यस्तो समस्या उत्पन्न हुन्छ ।
उक्त छेपारोको पेटमा निकै खतरनाक प्रजातिको फित्ते जुका हुन्छ । सोही फित्ते जुका स्तनधारीमा सर्दा त्यसले ज्यान जानसक्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया