काठमाडौं । श्रीलंकामा सम्पन्न ‘सार्क फिल्म फेस्टिवल’ मा नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड – पर्फमेन्स’ प्राप्त गरेकी छिन् ।
यस्तै छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ । यो संगै नेपालले दुई अवार्ड हात पारेको छ । नायिका खड्काले चलचित्र ‘बुलबुल’ बाट अवार्ड प्राप्त गरेकी हुन् ।
स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठर्हयाउँदै जुरीले अवार्ड प्रदान गरेका हुन् । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।
चलचित्र विकास बोर्ड नेपालले यस वर्ष ‘सार्क फिल्म फेस्टिबल’मा ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धा विधामा पठाएको थियो । ‘हरी’ चलचित्रले भने त्यहाँ सहभागिता मात्र जनाएको थियो ।
त्यस्तै सर्ट फिल्ममा मनोजबाबु पन्तको ‘अवशेष’ लाई पनि विकास बोर्डले प्रतिष्पर्धामा पठाएको थियो । सार्क फिल्म फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया