मन्त्रिपरिषद्को बैठक बिना निष्कर्ष टुंगियो, अर्को बैठक साझँ बस्ने

appharu
0
Shares

काठमाडौं । मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

अर्को बैठक आजै बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि मन्त्रिपरिषद्को बैठक टुंगिएको हो ।

file photo

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

बैठकमा विषादीयुक्त तरकारीका विषयमा सरकारले गरेको निर्णय, मन्त्रिपरिषदका सदस्यको फेरबदल लगायतका विषयमा छलफल हुने जनाइएका छ ।

उता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भने बैठक चलिरहेको बेला बीचमै छाडेर बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?