कुमार पौडेल दोहोरो भिडन्तमै मारिएका हुन् त ? यस्तो छ गृहमन्त्रीको स्पष्टिकरण

appharu
0
Shares
file photo

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गरेका छन् ।

तस्विर: गुगलबाट

राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको भन्दै उनले पौडेलको मृत्यु दोहरो मुठभेडमा नै भएको बताए ।

मंगलबार संसदमा कांग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै सरकारको धारणा माग गरेका थिए । जवाफमा गृहमन्त्री बादलले गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको दाबी गरे ।

तस्विर: गुगलबाट

त्यसक्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको उनको दाबी छ ।

पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको गृहमन्त्रीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?