प्रधानमन्त्रीलाई विष उपहार, कसले पठायो ?

appharu
0
Shares

काठमाडौं । नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ ।

नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत मंगलबार प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो ।

भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणवद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?