दुई साता लामो साउदी बसाईपछि लेबनानी प्रधानमन्त्री हरिरी फ्रान्स प्रस्थान

रियाद, २ मंसिर । लेबनानका प्रधानमन्त्री साद हरिरी साउदी अरबबाट आफ्नो निजी विमानमार्फत फ्रान्स प्रस्थान गरेका छन् दुई हप्ताअघि उनले साउदी अरेबियाबाटै राजीनामा घोषणा गरेर साउदीमा नै बस्दै आएका थिए सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै उनले आफ्नो इच्छा विपरीत आफूलाई साउदी अधिकारीहरुले नियन्त्रणमा लिएको भन्ने आरोप झुटो भएको बताएका छन् लेबननका अधिकारीहरुले हरिरीलाई जबरजस्ती नियन्त्रणमा लिइएको आशंका व्यक्त गर्दै आएका छन् । तर विमानस्थल जाने क्रममा ट्विटरमा सन्देश लेख्दै उनले त्यो आफूलाई नजरबन्द नराखिएको बताएका हुन् यसैबीच हरिरी संकटमा बर्लिनबाट आएको प्रतिक्रियाप्रति विरोध जनाउँदै साउदी अरेबियाले जर्मनीमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ जर्मन विदेशमन्त्री जिकमार गाब्रिएलले आफ्ना लेबननका समकक्षी उपस्थित पत्रकार सम्मेलनमा लेबननको संकट र यमनको ‘दयनीय मनावीय अवस्था’ बारे टिप्पणी गरेका थिए उनले साउदी अरेबियाको नाम प्रत्यक्ष रुपमा उल्लेख नगरी लेबननलाई उनीहरुका नेता साद हरिरिको आवतजावतमा नियन्त्रण नगरिएको भन्ने स्पष्ट संकेत दिइनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?