बिराटनर, २ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ उम्मेदवारमाथि देशैभर बम आक्रमणका घटनाले गर्दा सुरक्षा चुनौती बढिरहेका बेला सुरक्षा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीको उद्घाटन गर्दै गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनको मुखमा उम्मेदवारमाथि लक्षित गरि भइरहेका आक्रमणले सुरक्षा चुनौती थपिएको बताएका छन् उनले सुरक्षा निकायका अधिकारीहरुलाई निर्वाचनमा सुरक्षा प्रदान गर्नका लागि निर्देशन दिए । सुरक्षा निकायले प्राप्त अधिकारलाई प्रयोग गरी अघि बढेमा सरकारको तीन घेरे सुरक्षा नीति सफल हुने विश्वास पनि व्यक्त गरे निर्वाचनमा सुरक्षा प्रदान गर्नका लागि मन्त्रालयले सबै उपाय अवलम्बन गर्ने जानकारी दिँदै उनले ढुक्क भएर मताधिकारको प्रयोग गर्न आम जनतामा आग्रह समेत गरेका छन् सुरक्षा गोष्ठीमा निर्वाचन लक्षित सुरक्षा व्यवस्थापनका विषयमा प्रमुख जिल्ला अधिकारीले प्रस्तुति दिएपछि थप रणनीति बनाइनेछ कार्यक्रममा क्षेत्रीय प्रशासकसहित पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया