चर्चामा सप्तरी क्षेत्र नंं ४ : बहालवाला र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा

राजविराज, २ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन् सोही अभियानअन्तर्गत सप्तरी क्षेत्र नं ४ मा अनुभवी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभादेखि प्रदेशसभा सदस्यका उम्मेदवार मतदाताको घरघरमा गएर घरदैलो अभियानमा जुटेका छन् क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि १४ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका वर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलला चौधरी, एकजना पूर्वमन्त्रीसहित तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ मधेशी गठबन्धनका तर्फबाट राजपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री मृगेन्द्रकुमारसिंह यादव र वाम गठबन्धनका तर्फबाट मोहम्द इस्लामबीच प्रतिस्पर्धा हुने देखिएको छ । यादव यसअघि दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भाइ अनिरुद्धकुमार सिंह यादवसँग झिनो मतले पराजित हुनुभएको थियो । त्यतिबेला उहाँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक फोरमबाट उम्मेदवार हुनुहुन्थ्यो । सोही क्षेत्रबाट दलित जनजाति पार्टीका उम्मेदवार मो इस्लाम समेत पराजित भएका थियो दोस्रो संविधानसभा निर्वाचनमा मृगेन्द्र यादवसँग प्रतिष्पर्धा गर्नुभएका मो इस्लाम यस पटक वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार बनेका हुन यस्तै, क्षेत्र नं ४ प्रदेशसभा (क) मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका जिल्ला सहसंयोजक विनोद चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने काँग्रेसका तर्फबाट सीताराम साह चुनावी मैदानमा हुनुहुन्छ । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले उम्मेदवारी दिनुभएको छ । यसअघि न्यौपाने दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेसका तेजुलाल चौधरीसँग झिनो मतले पराजित भएका थियो प्रदेशसभा (ख) मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका अभिषेक यादव पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ । उहाँ फोरम नेपालका उपाध्यक्ष रेणु यादवका छोरा हुन काँग्रेसका तर्फबाट पूर्व उपराष्ट्रपति परमानन्द झाका भतिजा विवेकानन्द झा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । वाम गठबन्धनबाट माओवादी केन्द्रका शशीप्रसाद यादवलाई चुनावी मैदानमा उभ्याइएको छ । उहाँ यसअघि राजपा नेपालमा थिए । उक्त क्षेत्रमा वाम गठबन्धन, मधेश गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?