अवसरवादका लागि वाम गठबन्धन ः पौडेल

गोरखा, २ मंसिर। नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले आज गोरखाको पालुङटारमा चुनावी सभा सम्पन्न गरेको छ सभालाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नं २ का उम्मेदवार डा बाबुराम भट्टराई, उद्योगपति विनोद चौधरी, काँग्रेसका केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिका नेता देवी ओझा, करिष्मा मानन्धर, ज्ञानेन्द्र कुमाललगायतले सम्बोधन गर्नुभएको थियो सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले चरम अवसरवादका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर गठबन्धन बनाएको आरोप लगाउनुभयो । एमाले नेतृत्वले राष्ट्रवादको नारा लगाए पनि काम भने राष्ट्र विखण्डन हुने खालको गर्दै आएको पौडेलको भनाइ थियो पौडेलले भन्नुभयो, “नेपाली काँग्रेस राष्ट्रवादी पार्टी हो । एमाले होइन ।” काँग्रेस नेतृत्वमा शान्ति र संविधान आएको भन्दै पौडेलले काँग्रेसकै नेतृत्वमा मुलुकमा समृद्धि ल्याउने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?