तुलसीपुर, दाङ, २ मंसिर ः नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले आसन्न निर्वाचनमा वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याउने निश्चित रहेको दाबी गर्नुभएको छ दाङको हंशपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गदै उहाँले गठबन्धनको बहुमत सरकार बनेमा स्थानीय तहको बजेटमा दोब्बर वृद्धि गराएर विकासको लहर ल्याउने बताउनुभयो नेपाली काँग्रेसलाई जनताले २०४८ र २०५१ सालमा बहुमत दिलाए पनि काँग्रेसले जनताको मतको अपमान गरी आफ्नो सरकार आफैँ ढालेको उहाँको आरोप थियो सभालाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य भागवत विश्वासीले एमाले– माओवादी केन्द्र चुनावी तालमेलले काँग्रेस अत्तालिएको बताउनुभयो गठबन्धनका तर्फबाट क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिराचन्द्र केसी र क्षेत्र नं ३ (ख) का उम्मेदवार उत्तरकुमार वलीले निर्वाचनमा आफूहरुलाई मतदान गरेर जिताउन आम मतदातासँग अपिल गर्नुभयो । (रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया