प्रहरी र बम राख्ने समूहबीच भिडन्त

भोजपुर, २ मंसिर  ः षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा आज अपराह्न प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो । सो बम पड्ँिकदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा (एमाले)का कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी छन् बम हटाउने क्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो यसैबीच, आजै भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको कुलुङमा वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेश (क) का उम्मेदवार राजेन्द्रकुमार राईको चुनावीसभा स्थल नजिकै बम पड्किएपछि सभा तितरबितर भएको थियो । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?