प्रकाश दाहालको निधनपछि बाबुराम भट्टराईको ट्विट

काठमाडौं, ३ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधनले आफू स्तब्ध भएको बताएका छन् दाहालको निधनपछि ट्विट गर्र्दै भट्टराईले प्रकाश दाहालको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘‪पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्धान्जलि र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु !’दाहालको हृदयघातका कारण आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो । यद्यपि अस्पतालले उनको निधनबारे आधिकारिक रुपमा केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?