काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाशको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको प्रारम्भिक जानकारी बाहिर आएको छ नर्भिक अस्पतालले उनलाई बिहान साढे ५ बजे अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको बताएको छ । अस्पतालका अनुसार प्रकाशलाई आइतबार बिहान साढे ५ बजेपछि मात्रै अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो उनको निधन औपचारिक घोषणका लागि अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ । प्रकाशको निधनपछि उनका आफन्त, शुभचिन्तकहरुको ठूलो भिड लागेको छ । चुनावी कार्यक्रमका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधनको खबरपछि काठमाडौं फर्किएका छन् परिवारका अन्य सदस्य पनि नर्भिक अस्पताल आउने क्रम जारी छ । उनकी पत्नी सिर्जना त्रिपाठी र भान्जीहरु बिहानै अस्पताल पुगिसकेका छन् । आफ्ना पतिको निधनपछि त्रिपाठी अस्पतालमा नै बेहोस भएकी छन् । उनको उपचार भइरहेको छ अर्की पत्नी बिना मगर पनि भावविह्वल अवस्थामा अस्पताल पुगेकी थिइन् । कञ्चनपुरबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेकी बिनालाई सम्हाल्न हम्मे हम्मे परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया