दृष्टिविहीन बालबालिकाका लागि रु एक करोड बराबरको जग्गादान

पोखरा, ३ मंसिर – दृष्टिविहीन बालबालिकालाई शिक्षा प्रदान, क्षमता अभिवृद्धि र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा–लेखनाथ महानगरपालिका–१४ का एक दम्पतीले रू एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् स्थानीय भीम तिमिल्सिना र श्रीमती बन्दना तिमिल्सिनाले महानगर–१४ चाउथेमा रहेको रू एक करोड मूल्य पर्ने पाँच आना दुई दाम जग्गा दान गरेका हुन उनीहरूले उक्त जग्गा नेपाल नेत्रहीन संघको नाममा रजिष्ट्रेशन गरी जग्गाधनी पुर्जा संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीलाई हस्तान्तरण गरेका थए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?