प्रकाशको निधनप्रति प्रधानमन्त्रीसहित शीर्ष नेताबाट समवेदना व्यक्त

काठमाडौं, ३ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले श्रद्धान्जलि व्यक्त गरेका छन् प्रधामन्त्री शेरबहादुर देउवाले प्रचण्डका छोरा प्रकाशको अल्पायुमै भएको निधनले आफू मर्माहत भएको भन्दै समवेदना व्यक्त गरेका छन् उनले ट्विटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालबाट समवेदना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु !’‬यसैगरी राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले दाहालको निधनको समाचारले स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘व्यक्तिगत रुपमा उनी असल मानिस थिए । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु । प्रचण्डजी, सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पीडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन् । हार्दिक समवेदना ।’यसैगरी प्रकाशको निधनप्रति समवेदना व्यक्त गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु नर्भिक अस्पतालमा पुगेका छन् प्रचण्डका स्वकीय सचिव समेत रहेका एकमात्र छोरा प्रकाशको असामयिक निधनले उनको परिवारमा ठूलो बज्रपात परेको छ । यसअघि तीन वर्षअघि मात्रै प्रचण्डकी जेठी छोरी ज्ञानु केसीको निधन भएको थियो माओवादीद्वारा सञ्चालित १० वर्षे युद्धमा समेत सामेल भएका प्रकाश बाबु प्रचण्डका सहयोगीमात्रै नभएर कुशल व्यवस्थापकका रुपमा चिनिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?