टीकापुर(कैलाली),३ मंंसिर -नेपाली कांग्रेस कैलाली क्षेत्र नं १ प्रतिनिधी सभाका उम्मेदवार ईश्वरी न्यौपानेले वामपंथीहरुले जनतालाई फेरी अर्को निरंकुशताको जंजिरमा वाध्न खोजी रहेको ले सवैलाई सचेत रहन आग्रह गर्नुभएको छ कम्युनिष्ट शासन कस्तो हुन्छ भनेर जनताले माओवादीले चलाएको १० वर्षको सशस्त्र आन्दोलनमा भोगीसकेकाले जनताले वामगठवन्धनलाई कुनै हालतमा पनि मत नदिने दावी गर्दै उम्मेदवार न्यौपानेले जनता लोकतन्त्रको पक्षमा रहेको वताउनु भयो २०७२ सालमा भएको टीकापुर घटनालाई नेपाली कांग्रेसले राजनीतिक आन्दोलनका क्रममा भएको अप्रिय घटना वताईरहेको स्पष्ट पार्दै उहाँले फेरी जातीय र साम्प्रदायिक नारा उचालेर सामाजिक सद्भाव विगार्न लाग्नेहरुका कडा शब्दमा निन्दा गर्नुभयो उहाँले माओवादीले १७ हजार मान्छे मार्दा राजनीतिक घटना हुने अनि यसलाई मात्र जघन्य अपराध वताउने भन्ने प्रश्न गर्दै नेता न्यौपानेले थारुको अधिकार स्थापित गर्न काग्रेसले खेलेको भूमिकाप्रति सबै जानकार रहेको बताउनु भयो आईतवार टीकापुर ४ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै उहा“ले आसन्न चुनावलाई लोकतन्त्रको रक्षाका लागी भईरहेको जनमत संग्रहको रुपमा परिभाषित गर्नुभयो यो निर्वाचन पछि देशले विकासको गति पकड्ने बताउदै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहनुभएकी नेता न्यौपानेले कम्युनिष्टले देशलाई सधै अस्थीर वनाउन चाहेको आरोप लगाउनु भयो कार्यक्रममा प्रदेश सभा उम्मेदवार डा.रणवहादुर रावलले नेपाली जनताले लोकतान्त्रिक वातावरणमा देश विकास होस् भन्ने चाहना राखेको बताउनु भयो उहाँलटीकापुरलाई विकासको गतीमा लैजान सामाजीक सद्भाव अपरिहार्य रहेको बताउदै नेपाली कांग्रेसले मात्र सवैलाई मिलाएर लैजान सक्ने विचार राख्नु भयो उद्घाटन कार्यक्रम वडा सभापति सोमवहादुर शाहको सभापतित्वमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया