प्रहरीको अपराध फाइलः बम आतंक बढेको बेला देशभर कहाँ के भयो ?

काठमाडौं, ३ मंसिर— प्रहरीले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि सुरक्ष्ाँ व्यवस्था कडा पारेको बताएपछि विस्फोटका घटना तीब्र रुपमा भइरहेका छन् वितेका २४ घण्टामा पनि विस्फोटको घटनाहरु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ प्रहरीका अनुसार बाग्लुङको बडिगाड गाउँपालिका–५ न्वारा स्थित टिका काउचाको घरको च्यानल गेट नजिक आइतबार फेला परेको विष्फोटक पदार्थ निष्क्रिय पारिएको छ गेट नजिक रहेको २ वटा सुतलीले बेरेको तार निस्किएको अबस्थामा शंकास्पद बस्तु फेला परेपछि प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले उक्त बस्तु डिस्पोज गरेको हो धादिङ्गको निलकण्ठ नगरपालिका–३ गणेश मन्दिर नजिक रहेको जिल्ला निर्वाचन कार्यालयको कम्पाउण्ड भित्र आइतबार झोलामा तार बाहिर निस्केको सकेट बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले उक्त बस्तु डिस्पोज गरेको छ यस्तै रौतहटमा पनि कार्यक्रममा बम विस्फोट हुँदा ७ बालबालिका घाइतेभएका छन् । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?