कांग्रेस उम्मेदवार कार्की चढ्ने गाडीमा बम विस्फोट

४ मंसिर, सिमरा । बाराको जितपुर–सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम विस्फोट भएको छ बाराको निर्वाचन क्षेत्र नं. ४का नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बम विस्फोट भएको हो सोमबार बिहान ५ः३० बजे भएको यो बम विस्फोटका कारण बा१४च ६३३० नंको जिपमा क्षति पुगेको छ सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको गाडीमा बम विस्फोट भएको इलाका प्रहरी कार्यालयका सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए बम विष्फोट गराउनेको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?