प्रकाशको निधनपछि प्रचण्डकै आग्रहमा सिर्जना लाजिम्पाटमा !

काठमाडौं, ४ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालाको हृदयघातका कारण निधन भएपछि यतिबेला उनको परिवार शोकमा डुबेको छ छोरा प्रकाशको निधनले बाबु पुष्पकमल दाहाल ‘प्रचण्ड’, आमा सीता, श्रीमती सिर्जना त्रिपाठी र बिना मगरलगायत आफन्त, ईष्टमित्र तथा शुभचिन्तकमा गहिरो चोट परेको छ आर्यघाटमा प्रकाशलाई दागबत्ति दिइसकेपछि धेरेले अब उनका दुई श्रीमती र छोराबारे विभिन्न टिकाटिप्पणी गर्न थालेका छन् । धेरैले बिना मगरको भन्दा पनि सिर्जनाको भविष्य के होला भन्ने चिन्ता गरेको पाइन्छ लामो समयदेखि पतिसँग सँगै नभएकी उनी पतिको निधनको खबरलगत्तै नर्भिक अस्पताल पुगेकी थिइन् । जहाँ पतिको शब देख्नेवित्तिकै उनी बेहोस हुन पुगिन् । नर्भिकमै उपचारपछि उनी पतिको अन्त्येष्टिमा सहभागी हुनका लागि पशुपति आर्यघात पुगेकी थिइन् पशुपति आर्यघाटबाट उनी प्रकाशका बाबु प्रचण्डले व्यवस्था मिलाएअनुसार लाजिम्पाटमा नै बस्ने भएकी छन् । सोही अनुसार उनी पशुपति आर्यघाटबाट लाजिम्पाट गएको बताइएको छ सिर्जनालाई सहयोग गर्न तथा लाजिम्पाट लैजानका लागि नेता डिलाराम आचार्यले प्रचण्डको निर्देशनअनुसार सबै व्यवस्था मिलाएका थिए । सिर्जना र प्रकाशको २०६४ साल माघ ३ गते विवाह भएको हो तर, पछि सगरमाथा चढ्न जाने क्रममा प्रकाश र बिना मगरबीच सम्बन्ध बढेपछि प्रकाशले बिनासँग विवाह गरेका थिए । सिर्जना त्यसपछि पोखरामा बस्दै आएकी थिइन् अब उनी परिवारसँगै लाजिम्पाटमा बस्ने बताइएको छ । उनीहरुका एक छोरा प्रसिद्ध दाहाल रहेका छन् । बिना मगरतिर पनि एक छोरा रहेका छन् । पोखरामा बस्ने सिर्जना पार्टीको काममा नै लागेकी थिइन् विद्यार्थी राजनीतिदेखि नै सक्रिय रहेकी बिना मगर भने पहिल्यै देखि राजनीतिमा सक्रिय र अहिले कञ्चनपुरबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?