एजेन्सी, ४ मंसिर । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले देशका नाममा सम्बोधन गर्दै तत्काल पद नछाड्ने अडान दोहोर्याएका छन् उनले आगामी महिना हुने सत्तारुढ जानु–पीएफ पार्टीको महाधिवेशनको नेतृत्व गर्ने समेत इच्छा व्यक्त गरेका छन् । राष्ट्रका नाममा संबोधन गर्ने क्रममा उनले राजीनामाको सम्बन्धमा कुनै कुरा नबताई एक अर्काप्रति कटुता राख्नुपर्ने कुनै कारण नरहेको बताए मुगाबेमाथि लगातार सत्ता छाड्न दबाब परिरहेको छ । गत साता सेनाले सत्ताको नियन्त्रण आफ्नो हातमा लिएर उनलाई नजरबन्द गरेको थियो । त्यसयता उनको पार्टी र तथा सत्तामाथिको पकड निरन्तर कमजोर भएको छ टेलिभिजन सम्बोधनमा क्रममा उनले सेनाका जर्नेलहरुको घेरामा सेनासँग देशको दिशालाई लिएर चिन्ता गर्ने अधिकार भएको र कारबाही संविधानको उल्लंघन नभएको बताए सत्तारुढ जानु–पीएफ पार्टीको आइतबारको बैठकले उनलाई अध्यक्षबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिनका लागि जिम्बाबेको स्थानीय समयअनुसार सोमबार बिहान १० बजेसम्मको समय दिएको थियो पार्टीले उनले राजीनामा नदिएमा महाअभियोगको प्रस्ताव ल्याउने जनाएको छ । मुगाबेकी पत्नी र सो पार्टीका अन्य केही वरिष्ठ अधिकारीहरुलाई पार्टीबाट निष्काशित गरिएको छ मुगाबेले आफ्नो २० मिनेट लामो सम्बोधनका क्रममा राजीनामा घोषणा गर्ने अनुमान गरिएको भएपनि धेरैको अनुमान विपरित राजीनामा नदिने घोषणा गरे । अहिलेसम्म पनि उनलाई पार्टी अध्यक्षबाट बर्खास्त गरिएपछि अब कसरी आगामी महिना हुने पार्टी महाधिवेशनको नेतृत्व गर्छन भन्ने स्पष्ट भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया