उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा

एजेन्सी । उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा गएका छ । योङ हु सोमबार अपरान्ह क्युबा पुग्ने छन् । उत्तर कोरिया र क्युबाको द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गर्न क्युबा जान लागेको बताइएको छ क्युबाको विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । सो भ्रमणका क्रममा उनले क्युबाली आफ्ना समकक्षी बुर्नाे रोड्रिगेजसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । उनले क्युबामा दुई दिनसम्म बस्न छन् । त्यस क्रममा योङ हु हवानामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी जनाउने छ प्राप्त पछिल्लो समाचार अनुसार, उनको सो भ्रमण यस्तो समयमा भएको छ जुन समय अर्थात् हालैका दिनहरुमा उत्तर कोरिया र क्युबासँग नै अमेरिकाको सम्बन्ध विग्रिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका विरुद्धमा आर्थिक नाकाबन्दी लगाएको छ । यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउदै आएको छ उता क्युबासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध विग्रिदै गएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूताबासबाट आफ्ना आधाजति कर्मचारी फिर्ता बोलाएको छ । सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै क्युबा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?