नेपालकै मंहगी नायिका बनिन् साम्राज्ञी

काठमडौं, ५ मंसिर । नेपाल नायिकाहरुले लिन पारिश्रमीकको तुलनामा बलिउडमा नायिकाहरुले करोडौं पारिश्रमीक लने गरेको खबर सुनिदैँ आएका छौँ । तर, नेपाली नायिकाहरुको पारीश्रमीक उक्त तुलनामा धेरै कम भएको बुझिन्छ । यसो हुनुमा नेपाली चलचित्रको बजार र लगानी नै सानो र कम हुनु हो यद्यपी नायकहरुको तुलनामा नायिकाहरुले निकै कम पारिश्रमिकमा नै चित्त बुझाउने गरेको देखिन्छ त्यसोत नेपाली नायिकाहरुले लिँदै आएको पारिश्रमीकमा सबैभन्दा धेरै लिनेमा साम्राज्ञी राज्यलक्ष्मी शाह बनेकी छिन् । शाहको लगातार दुई चलचित्र ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ हिट भएको छ नायक आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमीक लिने भएकी छन् स्रोतले दिएको अुनसार साम्राज्ञीले ८ लाख मागेकी र पछि चलचित्रमा आवश्यक पर्ने पहिरनको लागी भन्दै पूनः उनले २ लाख बढी लिएको बताइएको छ । औपचारिक रुपमा यस चलचित्रको घोषणा केही दिन पछी हुने र यस फिल्मको छायांकन फिलिपिन्समा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?