कस्तो आउला बिष्णु लामिछानेको चुनावी नतिजा ?

नवलपुर, ६ मङ्सिर- नवलपुर क्षेत्र नम्बर २ (क) प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु लामिछानेलाई जिताउन चुनावी प्रचार प्रसार तीब्र रुपमा भैरहेकोे छ मतदाता भेटघाट र आफ्ना एजेण्डाका बारेमा जनतालाई बुझाउन उमेदवारसंगै उनका समर्थक यतीबेला चुनावी प्रचारमा  लागि रहेका छन् लामिछाने जिल्लाका सबैमाझ लोकप्रिय नेताका रुपमा स्थापित छन् समान ब्यवहार र निष्पक्ष निर्णय गर्ने उनको क्षमताले गर्दा सबैमाझ लोकप्रिय बनेका लामिछाने यसपटकको निर्वाचनमा बिजय हुने स्थानियले चर्चा गर्ने गरेका छन् समुदायमा भाईचारा कायम गराउन सबै जात जाति भाषा धर्म लिङ्गलाई समान ढंगबाट अवसर दिनकालागी सबैको सहकार्य रहेको बताउदै यो समयमा गलत नेतृत्वमा विकासको साँचो पुग्यो भने पछि पछुताउनुपर्ने बताए पडाड र तराइको दुरी अन्त्य गर्न विकाशका पुर्वाधारहरुलाई उच्च प्रथमिकतामा राखेर नवलपुर लाई नमुना जिल्लाको रुपमा विकास गर्ने योजना रहेको लामीछानेको भनाई छ । उनका चुनावी एजेण्डाहरुले उनलाई प्रदेश सभामा निर्वाचित गराउने स्थानियको भनाई छ । अहिले देश भरी चुनावी माहौल बनिरहेको छ दुइ चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको लागि उम्मेदवारहरु कार्यकर्ताको घर दैलोमा पुग्ने क्रम बढिरहेको छ । यहि चुनावी माहौल भित्र रहेको प्रमुख सवाल छ युवाहरुको । जाहाँ उनीहरु सजिलै सत्ताामा आउन सक्ने वातावरण कोर्ने आम जनको बुझाई छ । यहि बुझाई भित्र युवा नेपाली काग्रेसका युवा उम्मेदवार विष्णु लामिछाने छन् उनी नवल पुर क्षेत्र नम्बर २ प्रदेशसभाको उम्मेदवार हुन । उनी नवलपरासी जिल्लाका नेपाली काग्रेसका सभापति पनि हुन । अहिले उनको चुनावी प्रचार प्रसार तिब्र गतिमा भैरहेको छ । लामिछाने जिल्लाका लोकप्रिय उम्मेदवार हुन । यति खेर उनी र उनका कार्यकर्ता निर्वाचनको लागि प्रचार प्रसारमा जुटेका छन् । सबैप्रति समान व्यवहार राख्ने , भाइचार्या बढाउने विष्णुको अनौठो यो व्यवहारबाट आम सर्वसाधारण झनै प्रेरित बनेका छन् । पहाड र तराईको दुरी अन्त्य गर्न विकासका पुर्वाधारहरुलाई उच्च प्राथमिकतामा राखेर नवलपुरलाई नमूना जिल्लाको रुपमा विकास गर्ने योजना रहेको लामिछाने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?