बेरुत, ६ मंसिर । साउदी अरबको भ्रमणमा रहेका बेला राजीनामाको घोषणा गरेका लेबनानी प्रधानमन्त्री साद हरिरी दुई सातापछि स्वदेश फर्किएका छन् साउदीबाट फ्रान्स हुँदै लेबनानको राजधानी बेरुत पुगेका उनलाई बेरुत अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिएपछि सुरक्षा फौजका सदस्यहरुले भव्य स्वागत गरेका थिए रियाद भ्रमणका क्रममा हरिरिले राजीनामा घोषणा गरेपछि लेबननमा राजनीतिक संकट निम्तिएको थियो हरिरिले इरानसँगको क्षेत्रीय शक्ति संघर्षको एउटा पाटोको रुपमा साउदी अरेबियाले आफूलाई राजीनामा दिन बाध्य पारेको भन्ने अड्कलबाजी अस्वीकार गर्दै आएका छन् लेबननका राष्ट्रपति मिशेल आउनले व्यक्तिगत रुपमा हरिरि उपस्थित नहुञ्जेल उनको राजीनामा स्वीकृत गर्न अस्वीकार गर्दै आएका छन् । गत शनिवार हरिरि पेरिस पुगेका थिए त्यहाँ रहँदा उनले संकट समाधानका विषयमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंसँग भेटवार्ता गरे । माक्रोंले लेबनानको गतिरोध अन्त्यको निकास खोज्नका निम्ति मध्यस्थता गर्ने प्रयास गर्दै आएका छन् फ्रान्समा रहेका बेला हरिरिले देशमा बुधवार मनाइने स्वतन्त्रता समारोहमा सहभागी हुन स्वदेश फर्कने घोषणा गरेका थिए । उनले भनेका थिए, ‘राष्ट्रपति आउनलाई त्यहाँ भेटेपछि मैले आफ्नो हैसियतबारे जानकारी गराउनेछु ।’बेरुत विमानस्थलमा ओर्लिने बित्तिकै लेबननका जनताका लागि कुनै सन्देश छ कि भन्ने प्रश्न राख्दा उनले जनतालाई धन्यवाद दिए । त्यसपछि हरिरिले सन् २००५ मा हत्या गरिएका आफ्ना बुबा पूर्व प्रधानमन्त्री रफिक अल–हरिरिको चिहान नजिक पुगेर प्रार्थना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया