रवीन्द्र मिश्र चुनाव लडेको काठमाडौं १ को यस्तो छ अंकगणित

काठमाडौं, ६ मंसिर– काठमाडौं क्षेत्र नम्बर १ मा कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ सो क्षेत्रमा चर्चित पूर्व पत्रकार रवीन्द्र मिश्रको समेत उम्मेदवारी रहेकाले कसले चुनाव जित्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन क्षेत्र नम्बर १ मा विगतमा चुनाव जित्दै आएका प्रकाशमान र वाम गठबन्धनबाट अनिल शर्मा समेत उम्मेदवार रहेकाले यो क्षेत्र रोचक चुनावी मैदान भएको हो काठमाडौं क्षेत्र नम्वर १ मा काठमाडौं महानगरपालिकाका चार वडाहरु रहेका छन् । महानगरपालिकाका १०,११, २९ र ३१ यस क्षेत्रमा परेका छन् स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले आठ हजार ४२ मत ल्याएको छ भने एमालेले आठ हजार ७१४ मत ल्याएको छ । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रको दुई हजार २७४ जोड्दा बामगठबन्धनको पक्षमा १० हजार ९८ हुन्छ । बामगठबन्धनको भन्दा नेपाली कांग्रेसको मत दुइ हजार १४६ ले कमि छ स्थानीय तहको निर्वाचनमा साझा विवेकशिल दलले पनि राम्रो मत ल्याएको थियो विगतको दुई निर्वाचनमा जित निकालेका प्रकाशमान सिंहले पहिलो संविधान सभामा एमाले नेता प्रदिप नेपाललाई हराएका थिए भने २०७० को निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहाललाई जितेका थिए । पहिलो संविधान सभामा सिंहले १४ हजार ३१८ मत ल्याई विजयी भएका थिए भने २०७० को निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहाललाई पछि पार्दै १५ हजार १३९ का साथ विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?