काठमाडौँ, ६ मंसिर – प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण नगर्न पत्रकार र आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज अपिल जारी गर्दै कतिपय आमसञ्चार माध्यमले आचारसंहिता विपरीत समाचार सम्प्रेषण गरेकोले निर्वाचन आचारसहिंताको प्रतिकूल हुने गरी समाचार सम्प्रेषण नगर्न पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको हो काउन्सिलले आमसञ्चार माध्यममा आचारसंहिता पालनाको अनुगमनसमेत शुरु गरेको छ । अनुगमनका क्रममा कतिपय रेडियो र टेलिभिजनले राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, निर्वाचन आयोगले तोकेको समयसीमाभन्दा बढी विज्ञापन प्रसारण गर्ने गरेको, कतिपय पत्रपत्रिकाले तोकिएको आकारभन्दा बढीको विज्ञापन छाप्ने गरेको उल्लेख गरिएको छ त्यसैगरी कुनै कुनै सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत पार्टीकै कार्यकर्ताले झैँ उम्मेदवारको प्रचार गरेको पाइएको हुँदा त्यस्तो कार्य नगर्न, नगराउन र पत्रकार तथा निर्वाचन आचारसंहिताको अधिनमा रही समाचार सामग्री सम्प्रेषण आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया