अस्ट्रेलिया भेटियो यस्तो दुर्लभ गोही

सिड्नी, ७ मंसिर । उत्तरी अस्ट्रेलियामा सेतो रंगको पूर्ण विकसित गोही भेटिएको छ । यो दुर्लभ गोहीको दृश्य देखेर पर्यटन व्यवासायी उत्साहित बनेका थिए । गत शनिबार डार्भिनको नजिर्क एडिलेड नदीमा देखिएको यो सेतो गोहीलाई पर्ल नाम दिइएको छ एक प्रत्यक्षदर्शी वन रक्षकले यो गोहीको लम्बाई तीन मिटर रहेको अनुमान गरेका छन् । जीव वैज्ञानिकहरुका अनुसार यो गोही हाइपोमेलनिज्मका कारण पहेलो रंगको देखिएको हो हाइपोमेलनिज्म भनेको त्यो अवस्था हो, जसमा त्वचाको रंगको निर्धारण गर्ने मेलनिनको मात्रा कम हुन्छ । स्थानीय मानिसहरुले यो गोहीको सम्बन्ध त्यो चर्चित हाइपोमेलनिस्टिक गोहीसँग हुनसक्ने अनुमान गरेका छन्, जसलाई सन् २०१४ मा मारिएको थियो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?