आइसिसी महिला विश्वकप टी २०ः नेपालले मलेसियालाई ३३ रनले पराजित

काठमाडौं, ८ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल महिला टि–२० विश्वकपको एसियाली छनोटमा नेपालले जित हात पारेको छ नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै जित हात पारेको हो नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउँदै मलेसिया निर्धाति २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा सिमित रह्यो । मलेसियाकी इम्याइलिया इलियानीले सर्वाधिक २४ रन जोडिन् । त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन् । नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालका सीता राना मगर र ज्योति पाण्डेको अर्धशतकिय साझेदारीको मदतले निर्धाति २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ बनाएको थियो । १२ ओभर २ बलमा मस एलिसाले सरितालाई ३७ रनमा रनआउट पार्नुअघि यो जोडीले ६६ रनको साझेदारी गरेको थियो । त्यसबाहेक नेपालका लागि ज्योति पाण्डेले २१, काजोल श्रेष्ठले १४ रन जोडिन् मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिईन । राउण्ड रोबिन आधारमा खेलाइएको प्रतियोगितामा नेपालको यो चौथो खेलमा पहिलो जित हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?