ताप्लेजुङ, १० मंसिर । ताप्लेजुङको हाङपाङमा बम फेलापरेपछि स्थगित भएको मतदान पुन सुचारु भएको छ आज बिहान त्रिवेणी गाउपालिकाको हाङपाङस्थित आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती माविमा मतदान सुरु भइसकेपछि मतदान केन्द्र नजिकै बम फेला परेको थियो नेपाली सेनाको टोलीले बम डिस्पोज गरेपछि पुन मतदान सुरु भएको हो जिप्रकाका प्रमुख ज्ञानेन्द्र बस्नेतले बताए अनुसार सरस्वती मावि मतदान केन्द्र नजिकै बम फेलापरेपछि केही समयका लागि मतदान स्थागित भएपनि ११ः३० बाट पुनः मतदान सुरु भएको छ ताप्लेजुङ प्रहरीले दिएको जानकारी अनुसार जिल्लाका अरु मतदान स्थलमा भने शान्तिर्पूर्ण रुपमा मतदान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया