रुकुममा प्रतिनिधिसभा तर्फको मतपेटिकामा आगो लाग्यो

रुकुम, १० मंसिर । रुकुममा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतपेटिकामा आगो लागेको छ बाँफिकोट गाउँपालिका– ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ’क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको हो मतपेटिकामा कसरी आगो लाग्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मतपेटिकामा एसिड हालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ मतदान अधिकृत नन्दलाल महतोले सो मतपेटिकामा २५० मत खसेको जनाएका छन् । आगलागीपछि सो केन्द्रमा मतदान स्थगित गरिएको छ सलाई, लाइटरजस्ता ज्वलनशील पदार्थ भित्र ल्याउन नदिइएको अवस्थामा कसरी आगो लाग्यो भन्ने विषयमा अनुुसन्धान भइरहेको छ आगलागीबाट मत पेटिकाका ९० प्रतिशत मतपत्र जलेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?