काठमाडौं, १० मंसिर । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान सम्पन्न भएपछि मतपेटिकालाई चौबिसै घन्टा चुस्त सुरक्षा घेरामा राखिने बताएका छन् मतदान सम्पन्न भएपनि दोस्रो चरणमा मंसिर २१ पछि मात्रै गणना हुने भएकाले मतपेटिकाको सुरक्षालाई लिएर चिन्त प्रकट भइरहेका बेला प्रमुख आयुक्त यादवले निर्वाचनपछि मतपेटिकाको सुरक्षा घेरा अत्यन्त बलियो हुनेमा विश्वस्त हुन आग्रह गरेका हुन् नेपाली सेनासहितका सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधि समेत सहभागी टोलीले मतपेटिकाको सुरक्षा गर्नेछ प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपछि ३२ वटै जिल्लाका मतपेटिका सदरमुकामसम्म ओसार्न बढीमा तीन दिनसम्म लाग्ने आयोगको भनाई छ मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन नसकिएसम्म ती मतपेटिकालाई ‘विशेष सुरक्षा निगरानी’ मा राखिने भएको हो विकट, उच्च पहाडी र हिमाली जिल्लाका मतपेटिका ओसार्नका लागि भने आयोगले हेलिकप्टरको प्रयोग गर्ने तयारी गरेको छ दुवै चरणको निर्वाचन सकिएपछि एकसाथ मतगणना गरिने भएकाले आइतबारको मतदानपछि सबै मतपेटिका मंसिर २१ गतेसम्म सम्बन्धित जिल्लाका सदरमुकाममा कडा सुरक्षा घेराभित्र राखिने भएको हो पछिल्लो समयमा बढेका सुरक्षा चुनौतीबीच मतपेटिकाको ढुवानी र सुरक्षाबारे आयोग सजग रहेको अधिकारीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया