काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले पछिल्लो समयमा चिठ्ठा परेको भन्दै ठगी गरेका घटना सार्वजनिक भएपछि अपरिचित अनौठा नम्बरबाट आएका फोन नउठाउन आग्रह गरेको छ टेलिकमले साधारण नम्बरसँग नमिल्ने अपरिचित नम्बरबाट फोन गर्ने र चिठ्ठा परेको बाहानामा ठगी गर्ने क्रम बढेसँगै त्यस्ता नम्बरबाट आएका फोन नउठाउन आग्रह गरेको हो पछिल्लो समयमा ०१२३४५६, १२३४५६ जस्ता साधारण नम्बरसँग नमिल्ने नम्बरबाट फोन गर्ने र ठगी गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको जनाएको छ टेलिकमले आफ्ना ग्राहकको नम्बरमा एसएमएस पठाउँदै सबै ग्राहकलाई सचेत हुन भनेको छ टेलिकमले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसनधान समेत जारी रहेको र पटक–पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने कार्य सुरु भइसकेको पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया