रत्ननगर, चितवन, १० मंसिर – विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न आउने पर्यटकहरुको आकर्षक गन्तव्य चितवनको कुमरोज बन्न थालेको छ । सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ आएका पर्यटकहरु गैंडा देखेर रमाउने गरेका छन् सामुदायिक वन घुम्दा गैंडा देखेरै फर्कने गरेकाले पनि यहाँ उनीहरु आकर्षित हुने गरेको बताउनुहुन्छ, कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपाल । उनका अनुसार हिजो शनिवार झण्डै ३०० जना पर्यटकले कुमरोज वन घुमे “विदाको दिनमा धेरै नै बढी पर्यटक आउँछन्,” नेपालले भने – झण्डै ३०/४० वटा जिपमा पर्यटकहरु आएर गैंडा हेर्छन् ।’चितवनको सौराहाबाट उत्तर पूर्व ५ किलोमिटर दूरीमा पर्छ कुमरोज । चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर अन्तर्गत पर्ने सो ठाउँमा अहिले ५ देखि ७ वटा गैंडा छन् बाघ, हात्ती, भालु, चित्तल, मयुरलगायत वन्यजन्तु र चराचुरुंगिको राम्रो बासस्थानका हिसाबले यो सामुदायिक वन महत्वपूर्ण मानिन्छ । अझै गैंडा हेर्न भनेर आउने पर्यटकको संख्या बढी छ । सौराहा आएका पर्यटकहरु यहाँ घुम्न पुग्छन् पूर्वी चितवनको कुमरोजमा वन र दुर्लभ तथा संरक्षित वन्यजन्तुको संरक्षण हुन थालेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । सो सामुदायिक वन ६९७ हेक्टरमा फैलिएको छ एकसिंगे गैंडा र बाघको बासस्थान बढेपछि वन अवलोकनका लागि पर्यटक बढी आउन थालेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीरा गुरुङले बताए । चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक जिप सफारी सञ्चालन गरिएको छ हात्ती सफारीको सुविधा समेत कुमरोजमा छ । रात बिताउनका लागि २ वटा मचान समेत भएकाले मचानमा बसेर पर्यटकहरुले गैंडा तथा वन्यजन्तुहरु अवलोकन गर्न पाउँछन् अघिल्लो वर्षमा ५० हजार भन्दा बढी भन्दा पर्यटकले कुमरोज घुमेकामा अहिले बढ्ने अनुमान गरिएको वनका कार्यालय सचिव नेपालले जानकारी दिए । उनका अनुसार वनमा पर्या–पर्यटनबाट नै ७० देखि ८० लाखको आम्दानी हुन्छ । उक्त आम्दानी स्थानीयवासीको आयआर्जन, संरक्षण तथा विकासमा लगाइँदै आइएको छ गएको वर्षदेखि यहाँ जिप सफारी समेत शुरु भएपछि पर्यटकको थप आकर्षण बढेको छ । यहाँ आउने पर्यटकलाई जिप सफारीमा नेपालीलाई रु ५०, सार्क देशका लागि रु १०० र बाह्य मुलुकका पर्यटकलाई रु २०० लिने गरिएको छ यस्तै, जिप प्रवेश गरेबापत रु ५०० लिने गरिएको छ । जिपमा करिव १८ किलोमिटर जंगल घुमेर पर्यटकहरु रमाउँछन् । पर्यटन र संरक्षणमा स्थानीय समुदायको समेत हातेमालो भएकाले संरक्षण प्रभावकारी भएको र पर्यटक आकर्षित हुन थालेको बताउछन समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका संयोजक ईश्वरी पाठक पहिले गैंडाका लागि यहाँ कृत्रिम ताल बनाउनु परेकामा अहिले गैंडाहरु उक्त वनमा प्रशस्तै देखिन थालेको छ । पछिल्लो तथ्याँकमा चितवन निकुञ्जमा ६०५ गैंडा छन् । निकुञ्जका गैंडा घुम्दै सो क्षेत्रमा आइपुग्छन् अहिले दैनिक एकसय भन्दा बढी विदेशी र स्वदेशी पर्यटकले कुमरोज वनमा पुगी जिप र हात्तीमा चढेर वन्यजन्तु समेत अवलोकन गर्दै आएका छन् गाउँमा पनि पर्यटकको बसाइँ लम्ब्याउन यहाँ होमस्टे सञ्चालन समेत गरिएको नेपालले जानकारी दिनुभयो । स्थानीयवासी गोविन्द दराई अहिले यहाँ ५ वटा दराई तथा थारु होमस्टे खुलेको र अझै एकदर्जन बढी होमस्टे सञ्चालनको योजना रहेको बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया