धनगढी – कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभाकी उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा देउवाले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको चुनावी प्रतिबद्धतापत्रमा डा राणाले संविधान कार्यान्वयन र देशको विकास एवं समृद्धिमा योगदान दिन काँग्रेसले आफूलाई उम्मेदवार बनाएको उल्लेख गर्नुभएको छ प्रतिबद्धतापत्रमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा कटान रोकथामका लागि तटबन्धनका कार्यक्रम गर्ने, गौरीफंटा नाकाको स्तरोन्नति, पोलिटेक्निक कलेज र रासायनिक मलखाद कारखानाको स्थापना, सेती अञ्चल अस्पताल धनगढीको स्तरोन्नति गर्दै ३०० श्यया बनाउने, धनगढी विमानस्थलको स्तरोन्नतिलगायतका पूर्वाधारका काम गर्ने उल्लेख गर्नुभयो यसैगरी राना थरु समुदायलाई थारु आयोगमार्फत भिन्दै सूचीकृत गराउने, पछाडि पारिएका समुदायका साथै समस्यामा परेका कमलरी, मुक्तकमैया, सुकुम्वासीको जीवनस्तर उकास्न, गेटाको मेडिकल कलेजको निर्माणलाई तीव्रता दिनेलगायतका प्रतिबद्धतासमेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया