एजेन्सी, ११ मंसिर । यमनमा सहायता सामग्री बाकेको पानीजहाज पुगेको राष्ट्रसंघले जनाएको छ तीन सातअघि साउदी अरबले लगाएको नाकाबन्दी केही खुकुलो पारेपछि सहायता सामग्रीसहितको पानीजहाज सालिफस्थित हुडेडा बन्दरगाहमा पुगेको छ उत्तरी यमनमा रहेका लाखौं मानिसलाई अत्यन्तै आवश्यक हजारौं टन गहुँ सालिफस्थित हुडेडा बन्दरगाह राष्ट्रसंघको मुख्य सहायता उपलब्ध क्षेत्रबाट ७० किलोमिटर उत्तरमा पर्छ राजधानी सानामा शनिबार औषधिहरु बोकेको हवाईजहाजलाई अवतरण गर्न दिइएको भए पनि खाद्यान्न बोकेको पानीजहाजलाई त्यहाँ अनुमति दिइएको यो पहिलोपटक हो सो जहाजमा भएको खाद्यान्न उत्तरी यमनमा रहेका १८ लाख मानिसहरुका लागि एक महिनासम्म पर्याप्त हुने विश्व खाद्य कार्यक्रमका निर्देशक स्टेफेन एन्डरसनले बताएका छन् सो पानीजहाज अनुमतिको पर्खाइमा दुईसातासम्म तट वरपर घुम्न बाध्य भएको थियो । साउदी नेतृत्वको गठबन्धनले विद्रोही समूहसम्म हतियारहरु पुग्दैन भन्ने समीक्षा गरेपछि मात्रै नाकाबन्दीलाई केही खुकुलो पारेको हो मानवीय सहायता रोकिँदा यमन अहिले कुपोषणको संघारमा छ । साउदी नेतृत्वको गठबन्धनले लगाएको नाकाबन्दीका कारण भोकमरीमा रहेका लाखौं मानिसहरुको अवस्था खराब बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया