यौन दुर्व्यवहारको आरोपपछि अमेरिकी सांसदको राजीनामा

वासिंगटन, ११ मंसिर । अमेरिकी संसदमा निकै लामो समय सेवा गरेका वरिष्ठ डेमोक्रेटिक सांसद जोन कनयर्सले यौन दुर्व्यवहारको आरोप लागेपछि न्यायिक समितिको सदस्यबाट राजीनामा दिएका छन् आफूले कुनै पनि प्रकारको यौन दुर्व्यवहार नगरको स्पष्ट पार्दै उनले आफूमाथि लागेको आरोपबाट सफाइका लागि राजीनामा दिएको पनि बताएका छन् ८८ वर्षीय डेमोक्र्याट कनयर्स सन् १९६० को दशकमा राष्ट्रपति लिण्डन जनसनको मातहतमा काम गर्ने अन्तिम सांसद समेत हुन् मिसिगनबाट प्रतिनिधित्व गर्ने कनयर्सकी एकजना कर्मचारीले आफूले यौन प्रस्ताव अस्वीकार गरेपछि जागिरबाट निकालिएको अभियोग लगाएकी छन् प्रभावशाली मानवअधिकारकर्मी कनयर्जले सन् १९६५ मा पहिलो पटक सांसद् भएका थिए संसद्को इथिक्स कमिटिले यौन दुर्व्यवहार र उमेर विभेद लगायतका अभियोगमाथि अनुसन्धान सुरु गरेको छ सन् २०१५ मा एकजना महिलाले यौन प्रस्ताव अस्वीकार गर्दा पदबाट हटाइएको भन्ने अभियोग गोप्य राख्ने शर्तमा उनले ती महिलालाई २७ हजार डलर दिएको समाचार बाहिर आएपछि उनले राजीनामा दिने अवस्था सिर्जना भएको हो रिपब्लिकनका सभामुख पल रायनले उक्त अभियोगलाई ’अति समस्याकारी’ भनेका छन् । उनले हालै सांसदहरु र कर्मचारीहरुले यौन दुर्व्यवहार विरुद्ध जुध्नका लागि दिइने तालिम गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?