ज्वालामुखी विस्फोटको खतराका कारण विमानस्थल बन्द

बाली, ११ मंसिर । इन्डोनेसियाको चर्चित पर्यटकीय टापु बालीमा ज्वालामुखी विस्फोट हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउँदै त्यहाँको एकमात्र विमानस्थल बन्द गरिएको छ इन्डोनेसियाको विपद्सम्बन्धी राष्ट्रिय संस्थाले माउन्ट आगुङ्ग ज्वालामुखीले एकै सातामा दोस्रोपटक धुवाँ र खरानीहरु छिटो छिटो निकालिरहेको र ठूलो स्तरमा विस्फोट हुने देखिएको बताएको छ पछिल्लोपटक सन् १९६३ मा ज्वालामुखी विस्फोट हुँदा १६ सय मानिसहरुको मृत्यु् भएको थियो अधिकारीहरुले स्थानीयलाई ज्वालामुखीदेखि १२ किलोमिटर टाढा रहन आग्रह गरेका छन् विपद निम्तिन सक्ने खतराका कारण आइतबार स्थानीय समय अनुसार ६ बजेबाट त्यहाँ सतर्कता उच्च स्तरमा बढाइएको थियो अधिकारीहरुले स्थानीय बासिन्दाहरुलाई ज्वालामुखीबाट १० किलोमिटर वरपरको क्षेत्र खाली गर्न पनि आदेश दिएका छन् ज्वालामुखीबाट निस्किएको धुँवाको कारण त्यहाँ वरपरका स्थानहरु र सडक बाक्लो खरानीले ढाकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?