एजेन्सी, ११ मंसिर । सिरियामा रुसले गरेको हवाई हमलामा परी ५३ जना सर्वसाधारणको मृत्यु भएको छ सिरियाको युद्धबारे नियालिरहेको बेलायती अनुगमन संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियाको अल–शाफहमा भएको हमलामा परी २१ जना बालबालिकासहित ५३ जनाको मृत्यु भएको जनाएको छ रुसले हमला गरेको यो गाउँ देर अल–जोरमा पर्दछ । यो चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले अहिलेसम्म पनि आफ्नो कब्जा जमाइरहेको सिरियाको एक प्रान्त हो सो मानवअधिकारवादी संस्थाले मारिनेमध्ये ३४ जना आवासीय भवनमा भएको हमलाका क्रममा मारिएका जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया